नेपाल एसबीआई बैंक लिमिटेडले ३२औँ वार्षिकोत्सव मनायो
सारांश
- नेपाल एसबीआई बैंकले आफ्नो ३२औँ बैंक दिवस मनायो, जहाँ कर्मचारीहरूले शपथ लिए।
- प्रबन्ध निर्देशकले बैंकका उपलब्धिबारे प्रकाश पारे र नेतृत्वदायी भूमिकाका लागि जोड दिए।
- बैंकले रक्तदान कार्यक्रम र अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गर्यो।
काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले सोमबार आफ्नो ३२औँ बैंक दिवस मनाएको छ। यस अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गर्यो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताका लागि शपथ लिए।
समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकका उपलब्धिहरूमाथि प्रकाश पारे। उनले वित्तीय सेवाहरूमा बैंकको नेतृत्वदायी र अग्रगामी भूमिका लाई कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए।
त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याउने सबै कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे र आगामी वर्षहरूमा पनि सोही योगदान जारी राख्न अनुरोध गरे। प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पाण्डा ले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
यस अवसरमा बैंकले कमलादीमा रहेको कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम पनि आयोजना गर्यो। यसका साथै भैरहवा, रुपन्देहीमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण