राष्ट्रिय महिला टिमका प्रशिक्षकको आरोपबारे के भन्छ एन्फा ?
सारांश
- एन्फा अध्यक्षले प्रशिक्षकको अभिव्यक्ति सत्य नहोस् भन्ने कामना गरे।
- प्रशिक्षकको भनाइ सार्वजनिक भएपछि एन्फाको प्रतिक्रिया आएको हो।
- साफ यू-२० महिला च्याम्पियनसिप बंगलादेशमा जुलाई ११ देखि २१ सम्म हुँदैछ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय महिला टिमका प्रशिक्षकले बोलेका कुरा भनेर सञ्चारमाध्यममा आएका विषय सत्य नहोस् भन्ने कामना रहेको बताएका छन् ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा साफ यू–२० महिला च्याम्पियनसिप २०२५ का लागि बंगलादेश जान लागेको यू–२० महिला राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गर्दै अध्यक्ष नेम्वाङले प्याट्रिक डे वाइल्ड जस्तो व्यवसायीक प्रशिक्षकले दिएको अभिव्यक्तिले टिम, संस्था र खेलाडीलाई सकारात्मक भन्दा नकारात्मक असर पर्ने भएकाले सञ्चारमाध्यममा आएका विषय सत्य नहोस् भन्ने कामना रहेको बताएका हुन् ।

केही सञ्चारमाध्यममा प्रशिक्षण अवधिभर आफूमाथि दबाब आएको प्रशिक्षक प्याट्रिक भनाइ सार्वजनिक भएपछि एन्फाको यस्तो प्रतिक्रिया आएको हो । त्यस्तै अध्यक्ष नेम्वाङले प्रधानमन्त्री वा कसैले टिमलाई दिएको शुभकामनालाई दबाबको रूपमा नलिन पनि सुझाव दिए । उनले बंगलादेश पुग्नुअघि नै टिमको कप्तान चयन गर्न यू–२० महिला राष्ट्रिय टोलीका प्रशिक्षकलाई आग्रह गरे ।
साफ यू–२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भुटान र श्रीलङ्काले सहभागिता जनाउने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण