भोटेकोशी नदीमा बाढी : ३ जना प्रहरीसहित २० जना अझै बेपत्ता (सूची)
सारांश
- भोटेकोशी नदीमा आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन्, जसमा ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिक छन्।
- बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
- रसुवागढी नाका हुँदै चीनबाट नेपाल प्रवेश गर्ने क्रममा भोटेकोशीमा बाढी आएको थियो।
काठमाडौँ । भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् ।
चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो । बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।
उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको सडेगलेको शव फेला परेको जानकारी दिइएको छ।
यस्तो छ बेपत्ताहरूको सूची ः
१. लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी)
२. मुना ठाकुर (नेपाल प्रहरी)
३. लोकेन्द्र बोहरा (नेपाल प्रहरी)
४. जिपन चौधरी (बर्दिया)
५. सन्तोष दहित (बर्दिया)
६. बुद्धिराम थारु (बर्दिया)
७. लक्ष्मीनारायण थारु (बर्दिया)
८. सुरेश थापा (बर्दिया)
९. नरेन्द्र वि.क. (बाग्लुङ)
१०. फुर्वा लामा (सिन्धुपाल्चोक)
११. गोविन्द मोक्तान (नखुलेको)
१२. लोकमान तामाङ (नखुलेको)
१३. धनराज बि.क. (नखुलेको)
१४. दिल तामाङ (नखुलेको)
१५. यु युइ (चिनियाँ नागरिक)
१६. लि हुआकिङ्ग (चिनियाँ नागरिक)
१७. याङ चुआन (चिनियाँ नागरिक)
१८. हाई हाङ (चिनियाँ नागरिक)
१९. यु सियाओ क्यु (चिनियाँ नागरिक)
२०. जोउ योङ (चिनियाँ नागरिक)
प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलको नेतृत्वमा उद्धार कार्यमा स्थानीय प्रशासन, स्थानीय वासी लगायतको सक्रिय सहभागितामा उद्धार कार्य निरन्तर भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण