काठमाडौँका विष्णुमती र बागमती नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। दुवै नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढीको जोखिम बढेको विभागले जनाएको छ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, 'विष्णुमती नदी गोङ्गबु र बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाईराखौँ।'
विभागले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण