शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रिजालको पाँचौँ औपन्यासिक कृति शकुन्तला सार्वजनिक

बुधबार, २५ असार २०८२, ०७ : २३
बुधबार, २५ असार २०८२

सारांश

  • वरिष्ठ पत्रकार कमल रिजालको पाँचौँ उपन्यास सार्वजनिक भएको छ।
  • उपन्यासले मातृसत्तामाथि पितृसत्ताको कब्जा र त्यसको कारणबारे विश्लेषण गरेको छ।
  • उपन्यासले समाजमा विद्यमान बेथिति हटाएर सुखी र समृद्ध समाजको सूत्र खोज्ने लक्ष्य राखेको छ।

काठमाडौँ । वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ औपन्यासिक कृति शकुन्तला सार्वजनिक भएको छ ।

उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्यताभन्दा नितान्त भिन्नै किसिमले  लेखिएको उपन्यास हो यो ।

शकुन्तला उपन्यासमा हिन्द समाजमा आदिम युगदेखि कायम रहेको मातृ सत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे सटीक विश्लेषण गरिएको  छ । 

लेखक रिजालका अनुसार उपन्यासमा पाठकले समाजमा सताब्दीयौँदेखि विभिन्न बाहनामा कायम रहँदै आएको बेथिति र वैमनस्यलाई हटाउँदै सुखी र समृद्धसमाज निर्माणको सूत्र फेला पार्नेछन् । 

हिन्दूसंस्कार र संस्कृतिभित्र  विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न शकुन्तला उपन्यासले सहयोग गर्ने प्रकाशक शिखाबुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप