अपडेट
रसुवा बाढी अपडेट : कैलाश मानसरोवरबाट फर्किएका ५४ जना तीर्थयात्री टिमुरेमा रोकिए
बुधबार, २५ असार २०८२, ०८ : २४
सारांश
- रसुवागढीमा आएको बाढीले गर्दा कैलाश मानसरोवरबाट फर्किएका तीर्थयात्रीहरू टिमुरेमा रोकिएका छन्।
- सडक अवरुद्ध हुँदा ५० नेपाली र ४ विदेशी तीर्थयात्री टिमुरेमा अलपत्र परेका छन्, उनीहरूको उद्धार प्रयास भइरहेको छ।
- लेन्डे खोलामा आएको बाढीका कारण १९ जना सम्पर्कविहीन भएका छन् भने डीआईजी र एसपी रसुवा पुगेका छन्।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा रोकिएका छन् । स्याफ्रुवेशी र टिमुरेको बिचमा सड्क अवरुद्ध हुँदा तीर्थयात्रीहरु धुन्चेतर्फ आउनबाट रोकिएका हुन् ।
५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशीहरू टिमुरेमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रसुवाका एकजना अधिकृतले बताए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास हुँदै छ । नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण १९ जना सम्पर्क विहीन भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवा पुगेका छन् ।
बाढी र पहिरोले स्याफ्रुवेशी भन्दा अगाडी केरुङ जाने सडक अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण