नाटकमा सनिशा
सारांश
- अभिनेत्री सनिशा भट्टराईले छोटो समयमै अभिनयमा चर्चा बटुलेकी छिन्।
- उनले पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित नाटकमा मुख्य भूमिका निर्वाह गर्दैछिन्।
- नाटकमा सनिशासँगै जीवन लुइँटेलको पनि अभिनय रहनेछ, र यो साउनमा मञ्चन हुनेछ।
काठमाडौँ । कलाक्षेत्रका कतिपयलाई वर्षाैसम्म पनि सफलता मिल्दैन । कतिपयको भने छोटो समयमै राम्रो उडान भर्न सफल हुन्छन् । ती मध्यकी एक हुन् अभिनेत्री सनिशा भट्टराईले ।
सनिशा केही वर्षअघि मात्र म्युजिक भिडियो मार्फत कलाक्षेत्रमा देखिएकी थिइन् । फिल्म भने उनले गतवर्षको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन् । उनी अभिनीत दोस्रो फिल्म ‘नरसिंहा अवतार’ हालै प्रदर्शनमा आएको थियो । छोटो समयमै अभिनयमा राम्रो चर्चा पाउन सफल उनी अहिले फिल्मबाट नाटकमा फड्को मार्न सफल भएकी छिन् ।
कान्तिपुर थिएटरले मञ्चन तयारी गरेको पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ माथिको नाटकमा उनले ‘सकम्बरी’को मुख्य भूमिका निर्वाह गर्न लागेकी छन् । नाटकको अहिले कार्यशाला चलिरहेको छ । जसमा उनी जुटिरहेकी छन् ।
नाटकमा सनिशाको अपोजिटमा एक समयका चर्चित अभिनेता जीवन लुइँटेल देखिँदै छन् । जीवनले नाटकमा सुयोगवीरको भूमिका निर्वाह गर्नेछन् ।
साउन पहिलो सातादेखि नाटकको मञ्चन सुरु हुने कान्तिपुर थियटरका सिइयो प्रकाश पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण