घरजग्गामा अनावश्यक रूपमा धेरै लगानी भइसक्यो, अब प्रोत्साहन गर्नुहुन्न : सांसद महत
सारांश
- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गामा लगानीलाई प्रोत्साहन गर्न नहुने बताए।
- उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने र साना कर्जा लिनेहरुको समस्या समाधान गर्नुपर्ने बताए।
- महतले मौद्रिक नीतिले गत समयका कमीकमजोरीबाट पाठ सिक्नुपर्ने र कृषिलाई प्रोत्साहन गर्नुपर्ने बताए।
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रूपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् । बुधबार अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्यधिक अनावश्यक किसिमले लगानी भएको बताएका हुन् ।
महतले भने– ‘घरजग्गामा भएको लगानी ठुलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशील क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दै छ, अब नोक्सानी व्यहोर्न तयार हुनुपर्यो । मौद्रिक नीति गत समयमा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठुलो समस्या रहेको छ ।’
उनका अनुसार व्यावसायिक रूपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्ने उनको भनाई छ । ‘सुपरभिजन कम भो, रेगुलेसन बढी भयो,’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण