बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा उछाल, नेप्से परिसूचक फेरि २७०० माथि

बुधबार, २५ असार २०८२, १५ : १५
बुधबार, २५ असार २०८२

सारांश

  • बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २३.९९ अंकको वृद्धि हुँदै परिसूचक २७०७.८५ विन्दुमा पुग्यो।
  • आज ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो भने १९९ कम्पनीको शेयर मूल्य बढ्यो।
  • वरुण हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ६.२१ प्रतिशतले बढ्यो, र राधी विद्युत् कम्पनी कारोबार रकममा अग्रस्थानमा रह्यो।

काठमाडौँ । साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो ।

यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकको लगानीकर्ताले ३.९३ प्रतिशत कमाए।

कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

यसअघिका दुई दिनमा बजार सामान्य घटेको थियो । त्यसअघि ७ दिन बढेको बजारले दुई दिनको स्थिरतापछि फेरि सुधारको बाटो लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप