तीनकुने घटना : अदालतमा उपस्थित सतीश न्यौपानेलाई कारागार पठाउने आदेश
काठमाडौँ । तीनकुने घटनाका फरार तीन आरोपी बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उपस्थित तीन जनामध्ये दुई जनालाई धरौटीमा छाड्दा सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले थुनामा पठाउने आदेश गरेसँगै न्यौपानेलाई डिल्लीबजार कारागर लगिएको छ । अन्य दुई प्रतिवादीहरु विनञ्यजन थापा र राजेन्द्र जिसीलाई १५/१५ हजार धरौटीमा छाड्ने आदेश भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटनाका आरोपीविरुद्ध गत जेठ ११ गते मुद्दा दायर गरेको थियो ।
अवाञ्छित गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँ र चार नाबालिगविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको थियो । ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
फरार प्रतिवादी बनाइएका न्यौपाने, थापा र जिसी बुधबार अदालत उपस्थित भएका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण