पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताए।
- उनले पार्टी विधान महाधिवेशनमा केन्द्रित हुनुपर्ने र विधि र विधानमा ध्यान दिनुपर्ने बताए।
- पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्ने र मिसन २०८४ मा एकताबद्ध हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए ।
‘अहिले विधि र विधानको कुरा गर्ने समय हो । विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन,’ महासचिव पोखरेलले भने, ‘जतिबेला नेतृत्व चयनको विषय आउँछन त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ । नेतृत्वको बारेमा बहस गर्ने बेला भएकै छैन ।’
उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए । ‘पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ,’ उनले भने ।
महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले मिसन २०८४ मा पार्टी एकताबद्ध भएर लैजानु आवश्यक रहेको छ ।
कमिटीका अध्यक्ष प्रेम पराजुली कमिटीलाई विधान महाधिवेशन केन्द्रित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण