आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
त्रिवि साधारणसभा

त्रिवि वार्षिक साधारणसभा : ६३ औँ ग्रेसलिष्ट पारित, ८९ हजार दीक्षित हुने

बिहीबार, २६ असार २०८२, १३ : ०८
बिहीबार, २६ असार २०८२

सारांश

  • त्रिभुवन विश्वविद्यालयको साधारण सभाले ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित गर्यो।
  • प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्यो।
  • विश्वविद्यालयलाई २१ औँ शताब्दी सुहाउँदो बनाउन प्रधानमन्त्रीको आग्रह थियो।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो । 

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कार्यक्रममा कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरेका छन् । सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए । 

नवनियुक्त उपकुलपति प्राडा.दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप