ट्रम्पले ३ दिनमा २१ देशमाथि लगाए ट्यारिफ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमाथि ट्यारिफ (अतिरिक्त महसुल) लगाउने घोषणा गरेका छन्।
- ट्रम्पले तीन दिनमा २१ देशहरूबाट अमेरिका आउने सामानमा भन्सार महसुल लगाउने घोषणा गरे, जसमा ब्राजिलमा ५० प्रतिशतसम्मको ट्यारिफ समावेश छ।
- ट्यारिफको कडा आलोचना गर्ने ब्राजिलका राष्ट्रपति लुला दा सिल्भालाई जवाफ दिँदै ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला ट्यारिफ अर्थात अतिरिक्त महसुलको आतंक मच्चाइरहेका छन् । एकपछि अर्को गर्दै उनले विश्वका विभिन्न देशहरूमाथि ‘ट्यारिफ आतंक’ मच्चाइरहेका हुन् ।
तीन दिनमा उनले २१ देशहरूबाट अमेरिका आउने सामानमा भन्सारमा ट्यारिफ लगाउने घोषणा गरे । सोमबार ट्रम्पले ट्यारिफसम्बन्धी पत्र जापान, कोरियासहित १४ देशहरूमा पठाए । एक दिनको शान्ति पछि बुधबार पुनः ट्यारिफ लगाइएका ७ देशहरूको सूची जारी गरे । ब्रिक्सको एक सदस्य देश रहेको ब्राजिलमाथि ५० प्रतिशतको उच्चतम ट्यारिफ लगाइएको छ । अगस्ट १ अघि, अन्य देशहरूलाई पनि अमेरिकाले ट्यारिफ झट्का दिने अनुमान भइरहेको छ ।
ट्रम्पले बुधबार सात देशहरूलाई ट्यारिफ पत्र पठाएर तिनीहरूमाथि २० देखि ५० प्रतिशत सम्मको ट्यारिफ लगाइएको घोषणा गरे । ट्रम्प ट्यारिफको कडा आलोचक ब्राजिल ट्रम्पको निशानामा अग्रपंक्तिमा देखियो । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले ट्यारिफको मामिलामा ट्रम्पलाई निशाना बनाउँदै संसारलाई अब सम्राटको आवश्यकता छैन भनेका थिए । यसको प्रतिकारमा ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाए । अहिलेसम्म ट्यारिफ लगाइएको देशको सूचिमध्ये यो सबैभन्दा धेरै हो ।
यसअघि सोमबार ट्रम्पले जापान, दक्षिण कोरिया, म्यानमार, लाओस्, दक्षिण अफ्रिका, मलेसिया लगायत १४ देशमाथि ट्यारिफ लगाएका थिए । यो सूचीमा परेका देशलाई २५ देखि ४० प्रतिशतको ट्यारिफ लगाएका थिए ।
ट्रम्पले ट्यारिफ लागू हुने मिति बारम्बार सारेका थिए । अगस्टको सुरुमा पुगेको यो म्यादमा अब कुनै हेरफेर नहुने सङ्केत उनले पछिल्लो पटक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण