सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन
बिहीबार, २६ असार २०८२, १६ : ००
सारांश
- सुनचाँदी व्यवसायीहरूले हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै आन्दोलन गरेका छन्।
- व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका थिए।
- उनीहरूले विभिन्न माग राख्दै प्लेकार्डसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए।
काठमाडौँ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।
बिहीवार काठमाडौंको माईतीघरमा व्यवसायीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।
उनीहरुले '२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर' लगायतका माग लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण