बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकताले किन ल्याइन् ‘क्योंकि सास भी कभी बहू थी’

बिहीबार, २६ असार २०८२, १७ : ५५
बिहीबार, २६ असार २०८२

सारांश

  • प्रसिद्ध टिभी शो 'क्योंकी सास भी कभी बहू थी' २५ वर्षपछि पुन: आउँदैछ, जसको छायांकन सुरु भइसकेको छ।
  • एकता कपूर र स्मृति इरानी वर्षौंपछि एकसाथ काम गर्दैछन्, शो सीमित एपिसोडमा आउनेछ।
  • शो को उद्देश्य मनोरञ्जन, प्रभाव पार्नु, सोचलाई झकझकाउनु र प्रेरित गर्नु रहेको बताइएको छ, र पहिलो एपिसोड जुलाई २९ मा आउनेछ।

नयाँ दिल्ली । भारतको बहुचर्चित टिभी शो ‘क्योंकी सास भी कभी बहू थी’ २५ वर्षपछि सानो पर्दामा पुनरागमन गर्दैछ । भर्खरै मेकरहरूले शो कोे पहिलो प्रोमो सार्वजनिक गरेका छन् । शोको छायाङ्कन पनि सुरु भएको छ ।

वर्षाैंपछि एकता कपूर र स्मृति इरानीले एक साथ काम गर्दैछन् । एकता कपूरले सामाजिक सञ्जालमा एक पोस्टमा शो बारे लेखेकी छिन् । शो को २५ वर्ष पूरा हुनै लाग्दा यसलाई पुनः लञ्च गर्ने सोच मनमा आउँदा आफ्नो पहिलो प्रतिक्रिया ‘अहँ, हुन्न’ भन्ने थियो भनेर उनले भनेकी छिन् । उक्त सो पृथक थियो । 

तर अहिले टिभीको दुनियाँ फेरिइसकेको छ । कुनै समय टिभी देशका औँलामा गन्न सकिने सहरमा निर्भर थियो । तर अहिले दर्शकले यसका कन्टेन्ट अलग अलग प्लेटफर्ममा हेर्छन् । यसअघि ‘क्योंकीु सास भी बहू थी’ टीआरपीमा नम्बर एक थियो । यसको टीआरपीलाई कसैले पनि छुन सकेको थिएन ।

शोको २५ वर्ष पूरा हुन लागेको अवसरमा एकताले सीमित एपिसोडमा शो को नयाँ संस्करण ल्याउने निर्णय गरेकी छिन् । यसको उद्देश्य मनोरञ्जन मात्रै नभएर ‘प्रभाव छाड्नु, सोचलाई झकझकाउनु र सबैभन्दा जरुरी प्रेरित गर्नु हो । टन्नै रमाइलो, उत्साह र हार्दिक भावनाहरूका साथ ।’ पोस्टमा एकताले लेखेकी छिन् । 

‘के हामी भारतको सबैभन्दा ठुलो र सबैभन्दा गहन माध्यम, टेलिभिजनलाई प्रयोग गरेर एक पटक फेरि यस्तो कहानी भन्न सक्दैनौँ जसले हृदयलाई छोओस् अनि मानिसहरूको अन्तस्करणलाई हल्लाइदियोस् ? जसले मानिसहरूलाई  प्रभावित गर्नुको साथै मनोरञ्जन पनि देओस् ? के हामी फेरि ती समयहरू फिर्ता ल्याउन सक्छौँ जतिबेला पूरा परिवार खानाको टेबलमा बसेर कुरा गर्ने गर्थे ? जब मैले आफैलाई यो प्रश्न सोधे, जवाफ स्वतः मुस्कुराउँदै अगाडि आयो’ अझ अगाडि उनले लेखेकी छिन् । 

मेकरहरूले हालै शोको पहिलो प्रोमो पहिले सेयर गरेका थिए । यसमा तुलसी बिरानी अर्थात् स्मृति इरानीको लुक देखाइएको छ । वर्षाैंपछि तुलसी एक पटक फेरि आफ्नो परिचित अन्दाजमा दर्शकहरूको अगाडि आएकी छिन् । यस शो को पहिलो एपिसोड जुलाई २९ मा आउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप