ललितपुर महानगरद्वारा नयाँ नक्सा दर्ता कार्य स्थगित
काठमाडौँ । ललितपुर महानगरपालिकाले नयाँ नक्सा दर्ता कार्य स्थगित गरेको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले नयाँ नक्सा दर्ता कार्य स्थगित भएको बताएको हो ।
शहरी विकास योजना महाशाखा प्रमुख डिभिजन इन्जिनीयर श्रीकुमार महर्जनका अनुसार नयाँ नक्सा दर्ता कार्य स्थगित हुनुका साथै नयाँ निर्माण सम्पन्न दर्ता प्रक्रिया स्थगित हुनेछ । दर्ता भई प्रक्रिया प्रक्रियामा रहेका फाइलहरूको प्रक्रिया भने निरन्तर हुनेछ ।
'कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा घर निर्माणको लागि नक्सा पास भएका तथा नक्सा पास प्रक्रियामा रहेका मिसिलहरू अद्यावधिक गर्नका लागि मिति २०८१/४/१ देखि २०८१/४१५ गते सम्म यस महाशाखाबाट सञ्चालन हुने नक्सा पास सम्बन्धी कार्यहरू बन्द हुने व्यहोरा निर्णय अनुसार सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । उक्त बन्दबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,'जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण