श्रीलंकाको शानदार प्रदर्शन: बंगलादेशविरुद्ध टी-२० शृङ्खलामा १-० को अग्रता
पल्लेकेले । एकदिवसीय शृङ्खलामा बंगलादेशलाई पराजित गरेपछि श्रीलंकाले टी-२० शृङ्खलाको पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको छ।
बिहीबार पल्लेकेलेमा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो, जसलाई श्रीलंकाले मात्र ३ विकेट गुमाएर १९ औँ ओभरमा सफलतापूर्वक पछ्यायो।
श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुसल मेन्डिसले ७३ रनको शानदार पारी खेल्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले। उनलाई यस उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित गरियो।
टस हारेर पहिले ब्याटिङ गर्न आएको बंगलादेशका ओपनरहरूले टोलीलाई बलियो सुरुवात दिलाएका थिए। परवेज हसन इमोन र तन्जिद हसन तमिमले पाँचौँ ओभरसम्ममा टोलीको स्कोर ४६ रनमा पुर्याएका थिए।
तर, १६ रन बनाएपछि तन्जिद सोही ओभरको अन्तिम बलमा आउट भए। कप्तान लिट्टन दास पनि धेरै समय टिक्न सकेनन् र ११ बलमा मात्र ६ रन बनाएर पेभिलियन फर्किए।
त्यसपछि इमोन पनि ३८ रनको व्यक्तिगत स्कोरमा आउट भए। तौहिद हृदोयले पनि १० रन मात्र बनाउन सके । टोलीले १०० रन पुग्नुअघि नै ४ विकेट गुमाएको थियो।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद नईमले अविजित ३२ रन बनाए। उनले मेहदी हसन मिराज (२९ रन) र शमीम हुसेन (१४ रन) सँग मिलेर टोलीलाई सम्मानजनक १५४ रनको योगफलसम्म पुर्याएका थिए।
श्रीलंकाका लागि महेश थेक्सनाले २ विकेट लिए भने नुवान थुशारा, दासुन शनाका र जेफ्री भान्डरसेले १-१ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याउँदै घरेलु टोली श्रीलंकाले ओपनरहरूबाट नै तीव्र सुरुवात गर्यो। पथुम निस्सान्का र कुसल मेन्डिसले पाँचौँ ओभरमा नै टोलीको स्कोर ७५ रन पार गराएका थिए।
निस्सान्का १६ बलमा ४२ रनको आक्रामक पारी खेलेर पावरप्लेमै आउट भए। त्यसपछि मेन्डिसले कुसल परेरासँग मिलेर टोलीलाई १०० रन पार गराए।
परेरा २५ बलमा २४ रन बनाएर आउट भए। त्यसपछि मेन्डिसले अर्धशतक प्रहार गर्दै टोलीलाई जितको नजिक पुर्याए। उनी ७३ रन बनाएर आउट भए पनि उनको पारीले श्रीलंकाको जित सुनिश्चित गरिसकेको थियो। अन्त्यमा, अविष्का फर्नान्डोले ११ रन र चारिथ अस्लाङ्काले अविजित ८ रन बनाएर टोलीलाई १९ ओभरमा ७ विकेटको शानदार जित दिलाए।
बंगलादेशका लागि मोहम्मद सैफुद्दीन, मेहदी हसन मिराज र रिशाद हुसेनले १-१ विकेट लिए।
यो जितसँगै श्रीलंकाले ३ खेलको टी-२० शृङ्खलामा १-० को अग्रता लिएको छ। दोस्रो खेल जुलाई १३ मा दम्बुलामा खेलिनेछ भने तेस्रो तथा अन्तिम खेल जुलाई १६ मा कोलम्बोमा हुनेछ।
श्रीलंकाले यसअघि नै बंगलादेशलाई एकदिवसीय शृङ्खलामा २-१ ले र टेस्ट शृङ्खलामा १-० ले पराजित गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण