बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रसुवामा बाढी : जलविद्युत आयोजनामा क्षति, विद्युत् आपूर्ति बन्द, तस्बिरहरू
रसुवा बाढी

रसुवामा बाढी : जलविद्युत आयोजनामा क्षति, विद्युत् आपूर्ति बन्द, तस्बिरहरू

शुक्रबार, २७ असार २०८२

रसुवा । नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

rasuwa flood (1)

सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको हो ।

rasuwa flood (3)

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।

rasuwa flood (5)

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन् ।

rasuwa flood (2)rasuwa flood (4)rasuwa flood (6)rasuwa flood (7)rasuwa flood (8)rasuwa flood (9)rasuwa flood (10)rasuwa flood (11)rasuwa flood (12)rasuwa flood (13)rasuwa flood (14)rasuwa flood (15)rasuwa flood (16)rasuwa flood (17)rasuwa flood (18)rasuwa flood (19)rasuwa flood (20)rasuwa flood (21)

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया