पतञ्जली जग्गा प्रकरण : विशेष अदालतमा पूर्वसचिव घिमिरेकी पत्नीसहित मालपोतका तत्कालीन कर्मचारीको बयान सुरु
सारांश
- विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ।
- अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
- बयानपछि थुनछेक बहस हुने र अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ।
काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा प्रतिवादी बनाइएका चार जनाले शुक्रबारका लागि विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए । सोही अनुसार चार जनाको बयान सुरु भएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा उनीहरूको बयान सुरु भएको छ ।
विशेष अदालतमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, मालपोत कार्यालय काभ्रेका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्माको बयान सुरु भएको हो ।
बयान सकिएपछि उनीहरूका सम्बन्धमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटीमा रिहा गर्ने भन्ने निर्णय लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण