समाचार
विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि प्रहरीले बोलायो पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकलाई
शुक्रबार, २७ असार २०८२, १२ : ५७
सारांश
- विज्ञप्तिमा 'श्री ५ महाराजाधिराज सरकार' लेखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकलाई प्रहरीले बोलाएको छ।
- संविधानले नचिन्ने भाषा प्रयोग गरेको भन्दै पाठकलाई प्रहरीले सोधपुछ गरेको हाे।
- प्रहरीले पाठकलाई संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाइएको हो।
काठमाडौँ । विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले सोधपुछका लागि बोलाएको छ।
परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार संविधानले नचिनेका भाषा विज्ञप्तिमा प्रयोग गरेपछि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई बोलाइएको हो l
जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि पाठक अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् ।
प्रहरीले पाठकलाई ‘श्री ५ महाराजाधिराजलाई संविधानले नचिन्ने’ शब्द राखेर विज्ञप्ति किन निकालेको भन्दै प्रश्न सोधेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण