माधव नेपाल र रामकुमारी झाँक्री एउटै मञ्चमा
शुक्रबार, २७ असार २०८२, १४ : २४
सारांश
- नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्री कीर्तिपुरमा आयोजित कार्यक्रममा एकै मञ्चमा देखिए।
- झाँक्रीले जग्गा घोटाला मुद्दाको विषयमा अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन्।
- पार्टीमा संकट आएको भन्दै झाँक्रीले अध्यक्ष फेर्नुपर्ने धारणा राखेकी थिइन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्री शुक्रबार एकै मञ्चमा देखा परेका छन् ।
कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा दुवै जना उपस्थित भएका हुन् । नेपाल कार्यक्रममा प्रमुख अतिथि छन् भने झाँक्रीचाहिँ संगठनकी इन्चार्ज हुन् ।
पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठुलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’बताएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण