नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
सारांश
- नर्भिक अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउन अत्याधुनिक परीक्षण सुरु भएको छ।
- डा. अच्युतभक्त आचार्यको नेतृत्वमा 'इबस' सेवा सुरु भएको हो, जसले फोक्सोको क्षयरोग र क्यान्सर पत्ता लगाउँछ।
- यसअघि यो सेवा सरकारी अस्पतालमा मात्र उपलब्ध थियो, तर अब नर्भिकले निजी क्षेत्रमा सुरु गरेको छ।
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो ।
यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ । यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ ।
यसअघि यस्तो परीक्षण सरकारी स्तरमा वीर अस्पताल तथा बिपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकोमा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक सुरु गरेको हो ।
‘अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको छ,’ डा.आचार्यले भने– ‘यसैका लागि भारत धाउनुपर्ने अवस्था रहनेछैन ।’ ‘इबस’ ब्रोङकोस्कोपीभन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको डा.आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण