पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर एक युवकको मृत्यु
शनिबार, २८ असार २०८२, १९ : ५९
सारांश
- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय युवकको शव फेला परेको छ।
- शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले फेला पारेको हो।
- मृतक युवक बारा जिल्लाका थिए र उनी साथीहरूसँग घुम्न गएका थिए।
हेटौँडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय प्रणय गुप्ता सो खोलामा पौडी खेल्ने क्रममा शनिवार दिउँसो बेपत्ता भएका थिए । उनको शव सशस्त्र प्रहरीले असार २८ गते साँझ फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले अन्य सुरक्षा निकायको सहयोगमा गुप्ताको शव फेला पारेको हो ।
गुप्ताको शव सोही खोलास्थित झरनाको खोँचमा फेला परेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । मृत्यु भएका गुप्तासहित अन्य ७ जना व्यक्तिहरू घुम्नका लागि काठमाडौँबाट ४ वटा मोटरसाइकलमा शनिवार बिहान सो ठाउँतर्फ गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण