सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
त्रिशूली नदी

त्रिशूली नदीमा जलसतह सतर्कता नजिक, सतर्कता अपनाउन आग्रह

शनिबार, २८ असार २०८२, २२ : ४०
शनिबार, २८ असार २०८२

सारांश

  • त्रिशुली नदीमा पानीको सतह सतर्कता तहको आसपास पुगेको छ।
  • बेत्रावती जलमापन केन्द्रमा पानीको सतह बढ्दो क्रममा रहेको मापन गरिएको छ।
  • विभागले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

काठमाडौँ ।  नुवाकोट जिल्लास्थित त्रिशूली नदीमा पानीको सतह सतर्कता तहको आसपास पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बेत्रावती जलमापन केन्द्रमा राति ९ः५० बजे गरिएको मापन अनुसार नदीको सतह बढ्दो क्रममा छ।

विभागले नदी आसपासका क्षेत्र, विशेष गरी डुबान हुने होचा भूभागमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। त्रिशूली नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले जोखिममा पर्न सक्ने क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न समेत विभागले सुझाव दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप