मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !

आइतबार, २९ असार २०८२, ०८ : २७
आइतबार, २९ असार २०८२

सारांश

  • राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेका छन्।
  • सुवेदीले राप्रपा परित्यागको घोषणा गरेपछि फेरि पार्टीमै फर्किन लागेको खबरले विवाद निम्त्याएको छ।
  • राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिबाट हटाएपछि पार्टीमा विवाद बढेको हो।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेका छन्।

 श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीको पछिल्लो राजनीतिक निर्णयप्रति असन्तोष व्यक्त गरेका हुन्। 

सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि निर्वाचन आयोगमा राप्रपामै रहेको पुष्टि गर्न गएपछि भन्दै श्रेष्ठले आइतबार फेसबुकमा लेखेका छन्, 'लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नुस्।'

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि उक्त पार्टीमा विवाद बढेको छ । 

विवाद बढेकै बेला शनिबार बसेको इतर पक्षको बैठकले लिङ्देनको कदम विधान विपरीत भएको जिकिरसहित सुवेदी निर्वाचन आयोगमा जाने निर्णय भएको थियो । सोहीअनुसार उनले आइतबार बिहान आयोग पुगेर उजुरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप