सिरहाको औरहीबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
सारांश
- सिरहाको औरही गाउँपालिकामा दुई क्विन्टलभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा २३ वर्षीय राम उदगार मलाह रहेका छन्, जसलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
- प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको छ र घटनाबारे अनुसन्धान जारी छ।
सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन् । उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए । फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण