मोरङमा ३ हजार १ सय ५० किलो गाँजा बरामद
आइतबार, २९ असार २०८२, १२ : १३
सारांश
- मोरङको कटहरी चोकबाट प्रहरीले ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको छ।
- प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रकमा लुकाएर ल्याएको गाँजा फेला पारेको हो।
- गाँजा ओसारपसारमा संलग्न चालक फरार रहेका र उनको खोजी भइरहेको छ।
मोरङ । मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । गाँजा लिएर आएका चालक प्रहरीलाई देखे लगत्तै फरार भएका थिए ।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण