टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको तयारी क्याम्प घोषणा, को–को खेलाडी समेटिए ?
सारांश
- नेपालले २०२६ को टी-२० विश्वकप छनोटको तयारीका लागि खेलाडी छनोट गरेको छ।
- क्यानले सार्वजनिक गरेको सूचीमा नियमित खेलाडी र युवा खेलाडीहरू समावेश छन्।
- प्रारम्भिक क्याम्पमा कप्तान रोहित पौडेलसहित धेरै खेलाडीहरुको नाम रहेको छ।
काठमाडौँ । सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको छनोट खेलपूर्व नेपालले प्रारम्भिक तयारी क्याम्पका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।
नेपाल क्रिकेट संघ नेपाल (क्यान) ले आइतबार सार्वजनिक गरेको सूचीमा नेपाली राष्ट्रिय टिमका नियमित खेलाडीहरूदेखि केही युवा सम्भावनाशील खेलाडीहरू समेत अटाएका छन्।
क्याम्प सूचीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, युवराज खत्री, किरण ठगुन्ना, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, ललित राजवंशी, कमलसिंह ऐरी, सागर ढकाल, किरण थगुन्ना, सागर ढकालको नाम रहेका छन्।
त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेसहित आकाश चन्द, विवेक यादव, मोहम्मद अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ला, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम पनि क्याम्पमा समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण