रेशमको पार्टी एकता प्रस्तावप्रति जसपा नेपाल सकारात्मक
सारांश
- रेशम चौधरीको पार्टी एकता प्रस्तावमा जसपा नेपाल सकारात्मक देखिएको छ।
- जनमत पार्टी र नागरिक उन्मुक्तिबीचको एकता प्रक्रिया स्थगित भएको छ।
- जसपा नेपालले नागरिक उन्मुक्तिलाई समर्थन गर्ने संकेत गरेको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी एकताका लागि राखेको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक देखिएको छ ।
जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा शनिबार आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्तिका संरक्षक चौधरीले मञ्चबाटै एकता र सहयकार्यको प्रस्ताव गरेका थिए । जसलाई जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘यो निकै सकारात्मक प्रस्ताव हो, यो देशमा थारू र मधेशी नमिलेसम्म परिवर्तन सम्भव छैन, रेशम चौधरीजीले आफैले सार्वजनिक रूपमै यस्तो प्रस्ताव ल्याउनु नै सकारात्मक सन्देश हो,’ उनले रातोपाटीसँग भने ।
यसअघि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको तयारी थियो । तयारी घोषणाको केही घण्टाअघि नै एकता प्रक्रिया भाँडिएको थियो । जसका कारण अब ती दुई दलबिच एकता नहुने लगभग निश्चित भएको छ । जनमत र नागरिक उन्मुक्तिबिच एकता हुने भए रूपन्देहीमा हुन लागेको आम निर्वाचनमा यी दुई दलबिच सहकार्य हुने थियो । तर त्यो पनि अब टरेको छ । यसलाई प्रस्ट्याउँदै नागरिक उन्मुक्तिका एक नेता भन्छन्, ‘जनमतले नागरिक उन्मुक्तिलाई धोखा दिएको हो ।'
यद्यपि जसपा नेपालसँग औपचारिक रूपमा पार्टी एकताबारे कुनै प्रस्ताव वा छलफल भने नभएको ती नेताले बताए । 'तर मधेशी र थारू मिल्नुपर्छ भन्ने सोच रहेकाकाले जसपा नेपालसँग कुरा अगाडि बढाउन सकिन्छ,' उनले भने ।
रुपन्देहीमा हुने उपनिर्वाचनमा जसपा नेपालले सबैभन्दा पहिले नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गरेको थियो । संघीय लोकतान्त्रिक मोर्चामा रहेका अन्य दलहरूले पनि नागरिक उन्मुक्तिलाई समर्थन गरिसकेका छन् । महासचिव शर्माका अनुसार नागरिक उन्मुक्तिको प्रस्तावमाथि पार्टीले विचार गर्ने र यसलाई अगाडि बढाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण