रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणी: सरकारमा नलगेपछि एमालेमाथि प्रहार सुरु भयो
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेमाथि प्रहार गर्न सुरु गरेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा मूल धारका राजनीतिक दलहरूको विकल्पको रूपमा आउन खोजेकाहरूले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए ।
उनले नयाँको परीक्षण छिटो हुन दिनुपर्छ भनेर नै नेकपा एमालेले उनीहरूले मागेको मन्त्रालय पहल गरेर दिएको बताए ।
त्यो बेलासम्म रास्वपाका नेताहरूको भरोसाको केन्द्र नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको र उनीहरूको उठबस नै एमाले अध्यक्षको घर रहेको जिकिर गरे ।
महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण