स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु थप गर्न स्थानीय तहसँग विवरण माग
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सहज बनाउन देशभर प्रथम सेवा विन्दु विस्तार गर्ने भएको छ । यसका लागि बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा जारी विज्ञप्तिमा हाल सङ्घीय, विशेषज्ञ अस्पताल तथा निजी प्रतिष्ठानहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नरहेकाले सेवाग्राहीहरू आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपरेको छ ।
यसबाट सेवा प्रवाहमा असहजता भएको र गुनासोसमेत आएकाले सेवा विस्तारको प्रक्रिया अघि बढाइएको हो ।स्वास्थ्य बीमा ऐन, २०७४ (पहिलो संशोधन २०७८) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहनुपर्ने व्यवस्था छ ।
सोही कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने स्वास्थ्य संस्थाको पहिचान गर्न र प्रथम सेवा विन्दुका लागि अपुग मापदण्ड पूरा गर्न लाग्ने समयबारे जानकारी गराउन माग गरेको हो ।
स्थानीय तहबाट प्राप्त हुने माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धताका आधारमा स्वास्थ्य बीमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण