स्वास्थ्य बीमाः प्रथम सेवा विन्दु थप्न स्थानीय तहसँग विवरण मागियो
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशभर प्रथम सेवा विन्दु विस्तार गर्न सबै स्थानीय तहहरूलाई आवश्यक विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा जारी विज्ञप्तिमा हाल संघीय, विशेषज्ञ अस्पताल तथा निजी प्रतिष्ठानहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नरहेकाले सेवाग्राहीहरू आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपरेको छ ।
यसबाट सेवा प्रवाहमा असहजता भएको र गुनासोसमेत आएकाले सेवा विस्तारको प्रक्रिया अघि बढाइएको हो ।
स्वास्थ्य बीमा ऐन, २०७४ (पहिलो संशोधन २०७८) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहनुपर्ने व्यवस्था छ । सोही कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने स्वास्थ्य संस्थाको पहिचान गर्न र प्रथम सेवा विन्दुका लागि अपुग मापदण्ड पूरा गर्न लाग्ने समयबारे जानकारी गराउन माग गरेको हो ।
स्थानीय तहबाट प्राप्त हुने माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धताका आधारमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण