झ्याप्ले खोलाको पहिरो रोक्न ग्याबिन वाल र बाँस रोपिँदै (तस्बिरहरु)
सारांश
- नागढुंगा-मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा पहिरो रोक्न ग्याबिन वाल लगाउने काम अन्तिम चरणमा पुगेको छ।
- २०८१ असोजमा परेको वर्षाका कारण झ्याप्ले खोलामा ठुलो पहिरो गएको थियो, जसमा ३५ जनाको मृत्यु भएको थियो।
- निर्माण व्यवसायीका अनुसार १० दिनभित्र ग्याबिन वालको काम सकिनेछ र जोखिम कम हुनेछ।
काठमाडौँ । नागढुंगा –मुग्लिन सडक खण्डअन्तर्गतको पहिलो प्याकेज नागढुंगा नौविसे खण्डमा पर्ने झ्याप्ले खोलाको पहिरो रोक्नका लागि ग्याविन वाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
नागढुंगा नौविसे खण्डकै निर्माण व्यवसायी ज्याङ्सु सगुन जेभीद्वारा ग्याविन वाल निर्माण भइरहेको छ । ज्याङ्सु जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले ग्याविन वाल लगाउने कार्य १० दिनभित्र सकिने जानकारी दिए । साथै उनले पहिरो रोक्नका लागि ग्याविन वाल लगाइएको, गल्लीमा बाँस रोप्ने, माथिपट्टीको भागमा माइक्रो पाइल गरेर आरसीसी वाल लगाउने कार्य भइरहेको जानकारी दिएका छन् ।
_E7yCo2zHDL.jpg)
‘१० दिनभित्र ग्याविन वालको काम सकिन्छ । बिचमा गल्लीजस्तो भागमा बास रोप्ने र माथिल्लो सडकमा क्षति पुगेको स्थानमा आरसीसी वाल लगाउने तयारी छ,’ उनले भने, ‘सम्भावित जोखिमको सम्भावना कम हुन्छ ।’
काठमाडौँ र धादिङको सीमाछेउ पर्ने यो खोलामा गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण ठुलो पहिरो खसेको थियो । २०८१ असोज १२ गते बिहानै पहिरो खस्दा थुप्रै सवारी साधन पुरिएका थिए । पुरिएका दुई माइक्रो र एउटा ठुलो यात्रुवाहक बसबाट ३५ जनाको शव निकालिएको थियो ।
_C5yl5gdOFc.jpg)
_H96AQVFoRV.jpg)
_vzWO3GTF6B.jpg)
_3im8RQ3y07.jpg)
_hBPNj7MDyd.jpg)
_vKjBmJfHxd.jpg)
_tCgpu80crv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण