जाजरकोटमा करेन्ट लागेर युवकको मृत्यु
सोमबार, ३० असार २०८२, १४ : ०१
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए ।
सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ ।
उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण