तेस्रो संस्करणको गोर्खा साँझ हालसम्मकै भव्य हुन्छः संयोजक ठकुरी
काठमाडौँ । गायक कुमा सागर र उनको टीमको साथमा हुन लागेको तेस्रो संस्करणको गोर्खा साँझको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा साउन ४ गते तय भएको उक्त कार्यक्रम विगतमा वर्षको तुलनामा निकै भव्यताका साथ सम्पन्न हुन लागेको उनले बताए ।
‘कार्यक्रमको तयारी सबै सकिएर हामी लगभग अन्तिम अवस्थामा आइसकेका छौँ । २ हजार वटा टिकट बिक्री भइसकेको छ । केही टिकट हामी गेटमै पनि विक्री गर्छौ । कार्यक्रम हालसम्मकै भव्य बनाउने गरी लागेका छौँ’, उनले सोमबार भने ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष समेत रहेका ठकुरीको संयोजकत्व र अनिल गुरुङको उपसंयोजनमा कार्यक्रम हुन लागेको हो ।
ठकुरीका अनुसार दुबईमा पहिलो पटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् साङ्गीतिक प्रस्तुति हुन लागेकाले पनि यो कार्यक्रम विशेष छ ।
अबको ६ दिनपछि हुने कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।
कार्यक्रम दुबईस्थित अल नासर क्लबमा आयोजना हुने छ । भने कार्यक्रम दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण