समाचार
भूमि आयोग अध्यक्ष नियुक्ति सम्बन्धी ‘घुस डिल’मा मुछिएका मन्त्री भन्छन्– कुनै संलग्नता छैन
सोमबार, ३० असार २०८२, १६ : १९
काठमाडौँ । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति सम्बन्धी घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरू कसैले कुरा गरेको आधारमा आफूलाई मुछ्ने काम भएको बताए ।
उनले हल्लाको आधारमा नभई तथ्यको आधारमा सत्यको खोजी गर्न आग्रह समेत गरे । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण