फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा सहभागी भए।
- राजदूत कोर्तभालले नेपाल-फ्रान्स सम्बन्ध सुदृढ हुँदै गएको र जलवायु परिवर्तनमा साझेदारीको कुरा गरे।
- फ्रान्सले नेपालको विकास प्रयासमा सहयोग जारी राख्ने प्रतिबद्धता जनायो।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत कोर्तभालले फ्रान्स–नेपालबिचको ७६ वर्षदेखिको पारस्परिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताए ।
अन्नपूर्ण आरोहणको ७५ औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरि पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण