अडियो काण्डबारे भूमि मन्त्रीको जवाफ– ‘जुन औँलामा बिख लाग्छ, त्यही औँला झर्छ’
सारांश
- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो काण्डमा नाम जोडिएकोबारे जवाफ दिएका छन्।
- सांसदको प्रश्नको जवाफ दिँदै उनले आयोगको अध्यक्ष चयनबारे कुनै पनि कारोबार नगरेको बताए।
- मन्त्री अधिकारीले चरित्र हत्या गर्ने र काममा अवरोध गर्ने कार्य नगर्न अनुरोध गरे।
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो काण्डमा आफ्नो नाम जोडिएकोबारे जवाफ दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा भूमि मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
प्रश्नोत्तर कार्यक्रममा नेकपा माओवादीका सांसद माधव सापकोटाले अधिकारीमाथि प्रश्न गरेका थिए । जवाफमा उनले आफू र आफ्नो मन्त्रालयसँग जोडिएको वा वा आयोगको अध्यक्ष चयन गर्ने सम्बन्धमा कतै आफू पनि जोडिएको पाए तथ्य ल्याउन चुनौती दिए ।
‘मैले अघि पनि भनेको छु, आयोग वा आयोगका कुनै पनि सदस्यहरू बनाउने सन्दर्भमा म मात्रै होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार र डिलहरू गरेका रहेछन् भने यहाँहरूले यथार्थता ल्याइदिनुस्, त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौँ,’ उनले भने, ‘तर अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्रहत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने काममा यहाँहरू नलाग्नको लागि मैले अनुरोध गर्न चाहन्छु ।’
अहिले आएका कुराबारे आफूले जवाफ खोज्न आवश्यक समेत नठानेको उनले सुनाए । ‘जहाँसम्म किन अहिलेसम्म आएन भन्ने कुरा हो, कसैले कुनै चौरमा कुरा गर्छ, कसैले कुनै घरमा कुरा गर्छ, हामीले त्यसको उत्तर खोजिरहनुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘सत्य सत्य नै हुन्छ । त्यसकारण जुन औंलामा बिख लाग्छ, त्यै औँलो झर्छ, यहाँहरूले त्यो कुरालाई बुझ्नु नै हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण