उदयपुरमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ। कटारी– २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको हो ।
सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए । उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो ।
गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताए ।
पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण