अभिनेत्री वर्षाको प्रश्न : महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’
मङ्गलबार, ३१ असार २०८२, १० : १८
सारांश
- अभिनेत्री वर्षा सिवाकोटीले राष्ट्रिय चलचित्र पुरस्कारमा महिला कलाकारलाई बेवास्ता गरिएको आरोप लगाएकी छिन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै चलचित्र विकास बोर्ड र अध्यक्ष दिनेश डिसीको आलोचना गरेकी हुन्।
- प्रदीप खड्कालाई मात्र प्रोत्साहन पुरस्कार दिइएकोमा उनले असन्तुष्टि जनाइन्।
काठमाडौँ । सोमबार बाँडिएको राष्ट्रिय चलचित्र पुरस्कारमा महिला कलाकारलाई नजरअन्दाज गरिएको आरोप अभिनेत्री वर्षा सिवाकोटीले लगाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चलचित्र विकास बोर्ड र बोर्डका अध्यक्ष दिनेश डिसीमाथि प्रश्न समेत तेर्साएकी छन् ।
पुरस्कारमा निर्णायक समिति विशेष प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्कालाई मात्रै दिइएपछि उनले असहमति जनाएकी हुन् । बोर्ड र अध्यक्षलाई मेनसन गर्दै उनले लेखेकी छन्, ‘लौ नायक ज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुस् । हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’
अभिनेता खड्काले फिल्म ‘पुजार सार्की’ मार्फत प्रोत्साहन पुरस्कार पाएका छन् । तर यो विधामा महिला कलाकारलाई भने पुरस्कार दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण