टिजरमा यस्तो देखियो ‘जनै हराएको मान्छे’
सारांश
- फिल्म 'जनै हराएको मान्छे' को टिजर सार्वजनिक भएको छ, जसमा सपना, संघर्ष, प्रेम र धोकाका विषयलाई समेटिएको छ।
- टिजरमा विजय बरालको कोरिया जाने सपना र काठमाडौँमा ठगीमा पर्दाको कथा देखाइएको छ।
- भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विजय, केकी, मिरुना, भोलाराज लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक फिल्मको टिजरमा सपना, संघर्ष, प्रेम र धोकाका विषयले प्राथमिकता पाएका छन् । टिजरमा फिल्मका मुख्य कलाकार विजय बरालको कोरिया सपना केन्द्रमा छ ।
कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौँ पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर काठमाडौँ आएका विजय कसरी काठमाडौँमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा देखाउन खोजिएको छ ।
सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको कथा फिल्मले उठाएको टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालाई समेत देख्न सकिन्छ ।
हिमाल न्यौपाने निर्देशित फिल्म आगामी भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत फिल्ममा छ ।
नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण