मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा गैरे निर्वाचित

मङ्गलबार, ३१ असार २०८२, १७ : ०२
मङ्गलबार, ३१ असार २०८२

काठमाडौँ । रोटरी क्लब अफ नार्गाजुनको वर्ष अध्यक्ष पदमा विशाल गैरे निर्वाचित भएका छन् । क्लबको हालै सम्पन्न साधारणसभाले सन् २०२५/२६ का लागि उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ ।

क्लबको प्रसिडेन्ट इलेक्टमा फनिन्द्रराज पाण्डे, उपाध्यक्षमा अभय पौडेल, सचिवमा अर्जुन कुमार खड्का, कोषाध्यक्षमा निखिल अग्रवाल, सहसचिवमा हार्दिक सुवेदी निर्वाचित भएका छन् । 

यस्तै, क्लब डाइरेक्टरमा सुदिप आचार्य, शम्भु अमगाई, यादव प्रसाद ढुङ्गाना, सुरेन्द्र सिटौला, डा.विष्णु प्रसाद गौतम, प्रकाश डोटेल, सुशील खड्का, सतीश सर्मा, शर्मिला थापा, मन्दिप पोख्रेल रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष गैरे  एक दशकदेखि उद्यमशीलता, युवा नेतृत्व, सुशासन र मिडिया क्षेत्रका विभिन्न सङ्घ संस्थामा क्रियाशील छन् । सार्वजनिक नीति, सुशासन र भ्रष्टाचार निवारणमा स्नातकोत्तर उनी इन्टरनेशनल गभरनेन्स इन्ष्टिच्युटका अध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप