भारतबाट चोरेर ल्याइएका १५ तोलाभन्दा बढी सुनका गहनासहित ६ जना पक्राउ
सारांश
- प्रहरीले भारतबाट चोरी गरी ल्याएको सुन र नगदसहित ६ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कालीकोट र नरहरिनाथका व्यक्तिहरू छन्, उनीहरू कोहलपुरको एक होटेलमा बसेका थिए।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
बाँके । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पङ्कज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।
सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण