वीरगन्जको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार सक्रिय
सारांश
- वीरगन्जमा खानेपानीको समस्या समाधान गर्न मधेस सरकारले पानी वितरण सुरु गरेको छ।
- मुख्यमन्त्रीका अनुसार, वारुणयन्त्रमार्फत एक पटकमा ४० हजार लिटर पानी आपूर्ति गरिनेछ।
- नेपाली सेनाले वारुणयन्त्र सञ्चालन गर्नेछ र थप ट्याङ्कर पठाउने तयारी भइरहेको छ।
वीरगन्ज । वीरगन्जमा खानेपानीको समस्या बल्झिँदै गएपछि मधेस सरकारले आजदेखि पानी वितरणको कार्य सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार मधेस प्रदेश सरकारले आज बिहानदेखि ८ वटा वारुणयन्त्र संकटग्रस्त क्षेत्रमा खटाएको छ।
प्रदेशमा भएको सुक्खा र त्यसबाट उत्पन्न खानेपानीको संकट समाधानका लागि प्रदेश सरकार पूर्णरूपमा तयार रहेको मुख्यमन्त्री सतीश कुमार सिंहले जनाए । मुख्यमन्त्री सिंहले वारुणयन्त्र प्रभावित क्षेत्रतर्फ पठाउँदै भने, 'खानेपानी समस्या समाधानमा सरकार पूर्ण रूपमा क्रियाशील छ।'
उनका अनुसार वारुणयन्त्रमार्फत एक पटकमा ४० हजार लिटर पानी आपूर्ति गरिनेछ, जसका लागि ५ हजार लिटर क्षमताका ८ वटा वारुणयन्त्र प्रयोग गरिएको छ।
खानेपानी आपूर्ति भइरहेको स्थानमा यी वारुणयन्त्र २४ सैं घण्टा परिचालित रहने मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले भने, 'सुक्खा र पानी संकटका कारण प्रभावित हरेक नागरिकसँग सरकार साथमा छ, अब तपाईँहरू चिन्ता लिनु पर्दैन ।'
प्रदेश सरकारले व्यवस्थापन गरेको वारुणयन्त्र नेपाली सेनाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ। साथै नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र थप १ वटा वारुणयन्त्र पठाउने तयारी भइरहेको छ।
यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका ३ वटा ट्याङ्कर परिचालन गरेर पानी आपूर्ति गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण