बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डियाजका लागि बायर्न म्युनिखको प्रस्ताव लिभरपुलद्वारा अस्वीकार

बुधबार, ३२ असार २०८२, १० : १९
बुधबार, ३२ असार २०८२

सारांश

  • लिभरपुलले फरवार्ड लुइस डियाजका लागि बायर्न म्युनिखको ५८.६ मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गर्यो।
  • लिभरपुलले डियाजलाई २०२७ सम्म टोलीमा राख्ने र ८७ मिलियन पाउण्डभन्दा बढी मूल्य तोकेको छ।
  • लिभरपुलले नयाँ सिजनका लागि स्ट्राइकरको खोजी गर्दै न्यूकासलका अलेक्जेन्डर इसाकमाथि चासो देखाएको छ।

एनफिल्ड । प्रिमियर लिग क्लब लिभरपुलले फरवार्ड लुइस डियाजका लागि बायर्न म्युनिखको ५८.६ मिलियन पाउण्डको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको छ।

जर्मन क्लबले यस महिनाको सुरुमा लिभरपुललाई सम्पर्क गरेको थियो तर डियाज बिक्रीका लागि नभएको जानकारी दिइएको थियो। मंगलबार लिभरपुलले २८ वर्षीय कोलम्बियाली अन्तर्राष्ट्रिय खेलाडीका लागि बुन्डेसलिगा पक्षको पहिलो प्रस्ताव अस्वीकार गर्दै आफ्नो अडान दोहोर्‍याएको हो।

लिभरपुलले सन् २०२७ मा सम्झौता समाप्त हुने डियाजलाई आर्ने स्लटको टोलीको एक महत्त्वपूर्ण सदस्यका रूपमा राखेको छ । उनलाई क्लबले ८७ मिलियन पाउण्डभन्दा बढीको मूल्यमा राखेको छ। 

उनले गत सिजन क्लब र देशका लागि २२ गोल गरेका थिए, जसमध्ये प्रिमियर लिगमा १३ गोल समावेश छन् । लिभरपुलले गत सिजन १० अङ्कको अग्रतासहित लिग उपाधि जितेको थियो।

लिभरपुल नयाँ सिजनका एक स्ट्राइकरको खोजीमा छ । उनीहरूले न्यूकासलका स्विडिस अन्तर्राष्ट्रिय अलेक्जेन्डर इसाकमाथि गहिरो चासो व्यक्त गरेका छन् । प्रिमियर लिग च्याम्पियनले हालैका दिनहरूमा इसाकलाई अनुबन्ध गर्नका लागि ठोस कदम चालेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप