मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि
बुधबार, ३२ असार २०८२, १३ : ०२
सारांश
- अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।
- कोइरालाले सामाजिक सञ्जालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सेयर गर्दै जानकारी दिएकी हुन्।
- उनले जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिकेको बताइन् र विश्वविद्यालयलाई धन्यवाद दिइन्।
काठमाडौँ । अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले सामाजिक संजालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन् ।
‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्दिन’, उनले अगाडि भनेकी छन् ‘मेरो जीवनको कथालाई महत्त्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’
केही अगाडि क्यान्सर जितेकी मनिषाले बलिउड र नेपाली फिल्म अभिनय गरेकी छन् । उनी पछिल्लो समय संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी ः द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो सिरिजमा उनले मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण