पछिल्लो साढे ६ महिनामा अमेरिकाबाट १९७ नेपाली डिपोर्ट
काठमाडौँ । अमेरिकाबाट नेपाली धमाधम डिपोर्ट भइरहेका छन् । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर जेठ २६ मा ३७ जना काठमाडौँ आएका थिए । उनीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमान मार्फत नेपाल फिर्ता भएका हुन् ।
त्यसयता पनि डिपोर्ट हुने क्रम रोकिएको छैन । जेठपछि पनि डिपोर्ट हुनेको सङ्ख्या २४ जना पुगेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले रातोपाटीलाई बताए । उनले भने, ‘धमाधम डिपोर्ट भएर आउने क्रम चलिरहेको छ ।’
२०२५ जनवरीदेखि अहिलेसम्म १९७ जना डिपोर्ट भएर फर्केको उनले बताए । रिजालले भने, ‘पछिल्लो साढे ६ महिनामा १९७ जना डिपोर्ट भएर फिर्ता हुनुभएको छ ।’
सो अवधिमा अमेरिकाले दुई पटक चार्टर्ड विमानमार्फत नेपालीहरूलाई फिर्ता पठाएको छ । रिजालका अनुसार नियमित उडानबाट फाट्टफुट्ट नेपालीहरू आउने क्रम जारी छ ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरू प्रति कडा नीति अख्तियार गरेको छ । त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण