लागुऔषध मुद्दामा फरार भारतीय नागरिक लैनचौरबाट पक्राउ
बुधबार, ३२ असार २०८२, १५ : ०८
सारांश
- प्रहरीले लागुऔषध कारोबारमा फरार भारतीय नागरिक अमरजित सिंह सन्धुलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरेको छ।
- सन्धुले बैंकक र कोलाम्बोबाट १८ किलो गाँजा र २.६५ ग्राम कोकिन काठमाडौँमा ल्याएका थिए।
- प्रहरीले सन्धुलाई लैनचौरस्थित एक होटलबाट पक्राउ गरेको हो।
काठमाडौँ । लागुऔषध गाँजा र कोकिन कारोबारमा संलग्न रहेर फरार भएका भारतीयलाई प्रहरीले काठमाडौँको लैनचौरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ दिल्ली ठेगाना भएका ६४ वर्षीय अमरजित सिंह सन्धु छन् ।
जेठ ८ मा उनले परिचालन गरेका दुई जनाले बैंकक र कोलाम्बोबाट १८ किलो गाँजा र २ दशमलव ६५ ग्राम कोकिन काठमाडौँ ल्याएका थिए । त्यस बेला पक्राउ परेका दुई जनाले मुख्य नाइकेको रूपमा ६४ वर्षीय अमरजित सिंह सन्धुलाई पोल गरेका थिए ।
असार २९ मा काठमाडौँ आएको अवस्थामा उनलाई लैनचौर स्थित एक होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी जनक बहादुर शाहीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण