धरान उपमहानगरसहित यी ११ नगरले असारमा ल्याउन सकेनन् बजेट
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिका सहित ११ नगरपालिकाहरुले अझै पनि बजेट नल्याएको पाइएको छ । धरान उपमहानगरसहित ११ वटा नगरपालिकाहरुले अझै पनि बजेट ल्याउन नसकेको नेपाल नगरपालिका संघले जानकारी दिएको छ ।
नगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष आसार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ ।
कोशी र मधेस प्रदेशका पालिकाहरुले बजेट ल्याउन नसकेका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।
बजेट नल्याउनेमा सुनसरीको धरान उपमहानगरपालिका सहित सिराहाको सिराहा नगरपालिका,धनुषाको नगराइन नगरपालिका,कमला नगरपालिका र हंसपुर नगरपालिका रहेका छन् ।
त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका र राजविराज नगरपालिकाले असारमा बजेट ल्याउन सकेनन् ।
महोत्तरीको औरही नगरपालिका,रौतहटको देवाही गोनाही नगरपालिका र बाराको निजगढ नगरपालिकाले असारमा बजेट नल्याएको नगरपालिका संघले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण