गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित
सारांश
- हमासले इजरायलमाथि गाजामा सैनिक उपस्थितिलाई लामो समयसम्म कायम राख्न खोजेको आरोप लगाएको छ।
- दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको हमासको भनाइ छ, जसमा मुख्य विषय इजरायली सेना फिर्ताको विषय हो।
- हमासले गाजाबाट पूर्ण सैनिक फिर्ताको माग गरेको छ, तर इजरायलले ४० प्रतिशत भन्दा बढी भूभागमा सेना राख्न खोजेको छ।
गाजा सिटी। हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।
कतारको राजधानी दोहामा हाल जारी अप्रत्यक्ष वार्ताको दोस्रो हप्ता चलिरहेको छ । वार्ताको मुख्य विषय भनेको गाजाबाट इजरायली सेनाको फौज फिर्ता हो ।
हमासले गाजाबाट पूर्ण सैनिक फिर्ताको माग गरिरहेको छ । उसले इजरायलको त्यो प्रस्ताव अस्वीकार गरिसकेको छ जसअनुसार गाजाको ४० प्रतिशतभन्दा बढी भूभागमा इजरायली सेना रहने व्यवस्था गरिएको थियो ।
इजरायली सञ्चारमाध्यम ‘कान’ ले बुधबार एक अज्ञात विदेशी स्रोतलाई उद्धृत गर्दै इजरायल फौज फिर्तासम्बन्धी नक्साहरू परिमार्जन गरिरहेको दाबी गरेको थियो ।
तर हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले भने, “इजरायलले हालसम्म गाजाबाट फौज फिर्ता गर्ने कुनै नयाँ वा संशोधित नक्सा प्रस्तुत गरेको छैन ।”
उनका अनुसार,“हाल गाजाको सम्पूर्ण क्षेत्र इजरायली सैनिक नियन्त्रणमा छ । स्थलस्थित परिस्थितिहरूले इजरायलको दीर्घकालीन नियन्त्रण कायम राख्ने उद्देश्य स्पष्ट पार्छ ।”
“इजरायलले गाजाबाट फौज हटाउने वा युद्ध अन्त्य गर्ने कुनै इच्छाशक्ति देखाएको छैन, जुन कुरा उसले वार्तामा र मध्यस्थकर्ताहरूसामु दाबी गरिरहेको दाबीको विपरीत हो,” उनले थपे ।
इजरायलले हमासमाथि वार्तामा लचिलोपन नदेखाएको आरोप लगाउँदै आएको छ । यद्यपि, मध्यस्थकर्ताको भूमिकामा रहेको कतारले मंगलबार भनेको छ कि वार्ता ‘गतिरोधमा छैन’ र वार्ताको लागि कुनै निश्चित समयसीमा तय गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण